परमेश्वर आत्मा हुनुहुन्छ भने कसरी येशू पनि परमेश्वर हुनुभयो त ?

  • Post author:
  • Post published:May 23, 2023
  • Post category:Articles
  • Post comments:0 Comments
  • Post last modified:July 9, 2023
You are currently viewing परमेश्वर आत्मा हुनुहुन्छ भने कसरी येशू पनि परमेश्वर हुनुभयो त ?

यूहन्ना १ः१४ ले भन्दछ, “अनि बचन देहधारी हुनुभयो, र अनुग्रह सत्यताले पूर्ण भई हाम्रा बीचमा वास गर्नुभयो…।” नयाँ करारका विवरणहरुले हामीलाई स्पष्ट रुपमा बताउँछ कि पुनरुत्थान अघि र पछि येशू ख्रीष्ट मासु र हाडको शरीर थियो । लूका २४ः३९ पनि भन्दछ, मेरा हात र मेरा पाउ हेर, म नै हुँ, मलाई छोएर हेर । किनकि प्रेतको मासु हाड हँुदैन, तर तिमीहरु देख्छौँ, मेरा त छन् । “…येशूको मृत्युको करिब ६५ बर्षभित्रमा नयाँ करारका सबै पुस्तकहरु लेखिएका थिए । सत्ताइस ओटा मध्ये कम्तीमा पनि दस ओटा पुस्तकहरु उहाँसँगै हिँड्नेहरुले लेखे ।…” यदि येशू वास्तवमा नै शरीरमा हुनुहुन्थ्यो भनी कसरी येशू परमेश्वर हुन सक्नु हुन्छ ? किनकि यूहन्ना ४ः२४ ले भन्दछ, “परमेश्वर आत्मा हुनुहुन्छ,…।”
यो विवाद उठ्नुको कारण मुक्तिदाताको द्वयात्मक चरित्रले हो । अदृश्य परमेश्वर दृश्यमान् बन्न उहाँले मासु र हाडको धारण गर्नु परेको हो ।” १ तिमोथी ३ः१६ ले हामीलाई बताउँछ, “हामी स्वीकार गर्दछौँ, कि हाम्रो विश्वासको रहस्य अति महान छ ः उहाँ स्वयम शरीरमा (देहमा) प्रकट हुनुभयो, पवित्र आत्माद्वारा धर्मी ठहरिनुभयो…।” यस वचनको अर्थ यही हुन्छ कि हो येशू मानिस बनी संसारमा मासु र हाडको रुपमा आउनु भयो तर पनि उहाँ परमेश्वर हुनुहुन्छ । किनकि उहाँ मानिसको उद्धारको निम्ति यस्तो गर्नुभयो । परमेश्वर आत्मा हुनुहुन्छ तर पनि मानिसको उद्धारको लागि शरीरमा प्रकट हुनुभयो । “येशू ख्रीष्ट अदृश्य परमेश्वरको दृश्य रुप हुनुहुन्छ । हामीले उहाँलाई अझै बुझ्न सकौँ र हाम्रो निम्ति भएको उहाँको उद्धारको योजनालाई सिक्नसकौँ भनेर उहाँ मानिस बन्नुभयो । उहाँले मानव बन्नलाई रोज्नुभएको हुनाले अब एउटै व्यक्ति येशूमा ईश्वरीय र मानव गरी दुई स्वभावहरु छन् । ” यसैकारण परमेश्वर आत्मा हुनुहुन्छ तापनि मानिसहरुको पापको उद्धारको निम्ति मानिसको रुपमा आउनु भयो । उहाँ शरीरमा वा हाड र मासुमा आउनु भएता पनि उहाँ परमेश्वर हुनुहुन्थ्यो, हुनुहुन्छ र भईरहनुहुन्छ ।

Leave a Reply